Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनका लागि जुम्लामा १ हजार ९ सय ५४ सुरक्षाकर्मी परिचालन


    बिहिबार, मंसिर १ २०७९
    790
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। यही ४ मंसिरमा हुने  निर्वाचनको तयारी पूरा भएसंगै जुम्लामा १ हजार ९ सय ५४ सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।  मतदातालाई मतदान गर्न सहज र सजिलो बनाउन सुरक्षाकर्मीहरु खटिएका छन्। जसमा आठ सय ४३ म्यादी प्रहरी, दुई सय २६ नेपाल प्रहरी, चार सय ५० नेपाली सेना र दुई सय ३५ सशस्त्र प्रहरी मतदान स्थलमा खटिएका छन् ।

    एक सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी एक सय आठ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनका अनुसार एउटा अस्थायी मतदान केन्द्र कर्मचारी र अर्काे  कारागारका कैदीबन्दीका लागि राखिएको हो । 

    कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले सामानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने ब्यवस्था छ । जुम्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएका छन्। निर्वाचनका लागि जिल्लामा एक हजार  नौ सय ५४ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । 

    उक्त क्षेत्रमा निर्वाचनको लागि आठ सय ३९ कर्मचारी खटाइएको छ । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनका अनुसार टाढा रहेका मतदान अधिकृतहरू गइसकेका छन् । नजिकै रहेका मतदान स्थलहरूका लागि  जाने क्रम जारी रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार