काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९२ जना कोरोना संक्रमित थपिएका छन्। योसँग काठमाडौंमा कोरोना संक्रमितको संख्या ११ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ९० जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो।
यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९ सय १० जना पुगेको छ भने ललितपुरमा १ सय ३९ जना पुगेको छ। भक्तपुरमा हालसम्म ८५ जनामा कोरोना संक्रमित रहेका छन्।
भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।
आज देशभर ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार ३ सय ५२ पुगेको छ ।
आइतबार ४० जना डिस्चार्ज भएका छन् । हालसम्म १६ हजार ३ सय ५३ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा मात्र ९२ जना संक्रमित भेटिएका छन् ।
हाल मुलकभरका क्वारेन्टाइनमा ११ हजार ८ सय ३८ जना रहेको प्रवक्ता गौतमले बताएका छन् ।
नेपालमा आजसम्म कोरोनाको कारए ७३ जनाको मृत्यु भएको छ।