Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फूलचोकीमा घुम्न जाँदा हराएका ४ विद्यार्थीको ११ घन्टापछि उद्धार


    आइतबार, कार्तिक २७ २०७९
    2.1K
    Shares
  • १ मिनेट पाठ
  • ललितपुरको फुल्चोकीमा घुम्न जाँदा हराएका ४ जना विद्यार्थीको ११ घन्टापछि उद्धार भएको छ। 

    काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी र ९ जना शिक्षकसहित फुल्चोकीमा घुम्न गएका जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

    हिजो शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए। छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको प्रहरीले जनाएको छ।

    शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए। 

    खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार