Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामै १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


    शुक्रबार, कार्तिक २५ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाला सुन शुक्रबार भने तोलामा १३ सय रुपियाँले बढेर ९६ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ कायम रहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपियाँले बढेको छ। आज चाँदी प्रतितिला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार