काठमाडौँ। तनहुँमा जाडो बढेर आगो ताप्ने क्रममा आगोले पोलेर एक बालकको ज्यान गएको छ।
जिल्लाको भिमाद नगरपालिका–७, अर्चलेमा आफ्नै घरको भान्सा कोठामा आगो ताप्नेक्रममा एक जना ९ वर्षीय बालकाको मृत्यु भएको प्रहरीको भनाई छ।
आफ्नै घरको भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । तर सुभाषको उपचारकै क्रममा बुधबार राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
यस घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।