Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमला नदीमा भुतमेला, धामीझाँक्रीको घुइँचो (तस्बिरहरु)


    मंगलबार, कार्तिक २२ २०७९
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। हरेक वर्षजस्तैं यस वर्षको कार्तिक पूर्णिमाका अवसरमा सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदी किनारमा भुतमेला लागेको छ । पहेँलो धोती र सारी लगाएका नयाँ सिकारू धामी झाँक्रीहरू हातमा अगुल्टोसहित माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै कमलान नदी किनारमा भेला भएका छन् । टाढासम्मका गाउँबाट धामी, भगता र सर्वसधारण गरी लाखौं मानिस कमला नदी पुगेर स्नान गरेका हुन्। 

    हरेक वर्ष कमला नदीमा स्नान गर्न सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत भारतका गाउँहरूबाट समेत सयौं सर्वसाधारण आउँछन् । यसबेला यहाँ मेला नै लाग्ने गर्छ ।

    सूर्योदयसँगै नदीको पवित्र जलमा डुबुल्की लगाएर नव धामी झाक्रीहरूले गुरुहरूसँग शपथ लिएका छन् । यस कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा डुबुल्की मार्दै स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने र पापबाट मुक्ति पाइने जनविश्वास रहेको छ । हिजो रातिबाटै उक्त नदी किनारमा भगता (देउता) खेल्नेहरूको घुँईचो लागेको थियो । देउता खेल्नेहरूसँग रातभरि प्रश्न सोध्ने र गीत गाउने गरिएकाे थियाे । 

    ‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै इष्ट देवताहरूको नाम फालाक्दै धामीझाँक्रीहरू मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा चर्को स्वरमा कराउँदै नदीमा सपथ ग्रहण गरेको झाक्री रामअवतार महतोले बताए ।

    उनले सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरूको आजको दिन घुँईचो लाग्ने गरेको बताए । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कार्तिक पूर्णिमामा स्नान गर्ने चलन छ । कमला नदीमा आएर सपथ लिएपश्चात नव धामीझार्कीहरू पाको हुने झाक्री बिल्टु गादवले बताए ।

    newskarkahna-news394122.jpg
    undefined
    newskarkahna-news394125.jpg
    undefined
    newskarkahna-news394120.jpg
    undefined
    jhakri-mela4.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार