Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘घर कता हो बैनीको’ गीत गाउने गायक प्रकाशले गरे आत्महत्याको प्रयास 


    सोमबार, कार्तिक २१ २०७९
    770
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या गर्ने प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो आइतबार राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बतायो । छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक प्रकाशले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन्। दूतराजको अवस्था अहिले सामान्य छ ।

    गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन् । उनको कोठाको ढोका खुल्लै थियो । झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले जानकारी दियो। 

    उनले गाएका ‘घर कता हो बैनीको…’ ‘जाम भो माइली…’ ‘चोली मैलै भो…’, ‘रेलिमाई…’ लगायत गीतहरू निकै चर्चित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार