Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईसीसी प्लेयर अफ द मन्थमा विराट कोहली 


    सोमबार, कार्तिक २१ २०७९
    2.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अक्टोबर महिनाको ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ । अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कोहलीलाई आईसीसीले विजेता घोषणा गरेको हो।

    मिडिया प्रतिनिधि, आईसीसी हल अफ फेमर्स पूर्व अन्तर्राष्ट्रिय खेलाडी र आइसीसीक्रिकेट डटकममा दर्ता भएका प्रशंसकहरू बीचको विश्वव्यापी मतदानपछि ३४ वर्षीय कोहलीलाई विजेताको रूपमा छनोट गरिएको थियो।

    उनले दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेभिड मिलर र जिम्बाब्वेका सिकन्दर रजालाई पराजित गर्दै यो उपाधि हात परेका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार