Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजारमा ६.४३ अंकको गिरावट 


    सोमबार, कार्तिक २१ २०७९
    2.8K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। आज साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से घटेको छ। आज  परिसूचक नेप्से ६.४३ अंकले घटेर १ हजार ९५८.९४ विन्दुमा बन्द भएको छ । आइतबार उच्च अंक ४३ भन्दा धेरैले बढेको नेप्से साेमबार भने घटेको हो ।

    त्यस्तै, साेमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ भने कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । हिजो १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यसैगरी सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख  रुपैयाँको स्व्यर किनबेच भयो ।

    यता ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार