काठमाडौँ । वागमती प्रदेश सरकारविरुद्ध टुक्रे योजना बनाएर विकास बजेटबाट कार्यकर्तालाई फाइदा पुग्नेमात्र काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । संघीयताको मर्मविपरीत स्थानीय सरकारलाई बेवास्ता गर्दै उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको उजुरीमा उल्लेख छ ।
प्रदेश मन्त्रिपरिषद्को २०७८ फागुन ६ गतेको निर्णयले विनियोजनन विधेयकविपरीत २२ सय ९९ वटा योजनामा रकमान्तर गरेको गरेर पाँच लाखको टुक्रे योजना उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको थियो ।
नेपालको संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने निर्णय संविधान र कानूनविपरीत भएको भन्दै उजुरी परेको हो ।
उपभोक्ता समिति बनाउँदा जनप्रतिनिधि आवश्यक नहुने, योजना छनौट गर्दा समेत स्थानीय सरकारलाई खबर गर्नुनपर्ने भएपछि प्रदेश सरकारले केही कार्यकर्ताहरूसँगको मिलेमतोमा योजना निर्माण गरेर सो योजनामा विनियोजन भएको रकम हिनामिना गर्न खोजेको उजुरीमा उल्लेख छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend