काठमाडौँ। कपिलवस्तुमा एक २८ वर्षीया महिला बलात्कृत भएकी छन् ।
ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जना २० वर्षीय युवकलाई पक्राउ गरेको छ ।
मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्रलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पासीले ती महिलालई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।