Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शाहरुखको ‘जवान’ फिल्म लाई कॉपीराइटको आरोप


    सोमबार, कार्तिक २१ २०७९
    655
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। चर्चित बलिउड अभिनेता शाहरूख खानको नयाँ फिल्म ‘जवान’ जुन २ मा प्रदर्शन हुँदैछ। अहिले अभिनेता शाहरूख खान यस फिल्मको छायांकनमा निकै व्यस्त छन्। 

    प्रदर्शन अगावै फिल्मविरूद्ध कथा चोरीको आरोप लागेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ। 

    तमिल फिल्म निर्माता मणिकम नारायणनले ‘जवान’को कथा आफ्नो फिल्मबाट चोरी गरेको आरोप लगाएका हुन्। 

    उनले ‘जवान’का निर्देशक एटलीविरूद्ध तमिल फिल्म निर्माता संघमा उजुरी दिएका छन्। उनले आफूले निर्माण गरेको फिल्म ‘पेरारासु’ बाट यो फिल्मको कथा चोरिएको आरोप लगाएका हुन्।

    ‘जवान’ मा शाहरुख खानको दोहोरो भूमिका रहेको बताइएको छ। फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारा, विजय सेतुपति, योगी बाबु र प्रियमणिलगायत कलाकारको अभिनय छ। 

    यस उजुरीको छानबिन सोमबार हुने इन्डिया टुडेमा उल्लेख छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार