काठमाडौं। आज साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ। आज सुनको मुल्य तोलामा २ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेको थियो।
आज छापावाल सुनको मूल्य ९४ हजार ३ सय रूपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रूपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी भने आज तोलमा १० रूपैयाँ घटेर १ हजार २६५ रूपैयाँ कामय भएको छ। आइतबार चाँदी १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो।