Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


    आइतबार, कार्तिक २० २०७९
    465
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिका–६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले  उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटा सहित पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिहरेको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार