काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार हिजो राति राति ९ बजेतिर मोटरसाइकलमा चितुवा ठोक्किँदा एकजना घाइते भएका छन् ।
विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोकिदा घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, विश्वविद्यालय परिसरमा चितुवा देखिन थालेपछि साँझपख विश्वविद्यालय परिसरमा हिँडडुल गर्न डर लाग्न थालेको स्थानीयको भनाई छ।
विश्वविद्यालय परिसरमा देखिएको चितुवालाई जंगल पठाउन विभागले काम सुरु गर्ने गरेको छ।