Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से ५६.११ अंकले बढ्यो, कारोबार रकम कति ?


    मंगलबार, कार्तिक १५ २०७९
    600
    Shares
  • २ मिनेट पाठ
  • काठमाडाैं। सेयर बजार आज मंगलबार पनि बढेको छ। यसदिन नेप्से सुचक तथा कारोबार रकम दुबै उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर कायम भएको छ। सेयर बजार हिजो साेमबार १६.३९ अंकले बढेकाे थियो। 

    क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै,  १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी  स्थिर रहेको छ ।

    कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रूपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा १८२.३४ अंकले वृद्धि भएको हो ।

    साथै, जीवन बिमा १७३.३८,  होटल तथा पर्यटन ५४.७६,  बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ । 

    यसैगरी, न्यादी हाईड्रो पावरको सेयर मूल्य २६.२० र यूनिभर्सल पावर कम्पनी १८.०० ले बढेको छ । एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख ६० हजार बढिको कारोबार भएकाे छ भने नविल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार