Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतबाट ६ रुपैयाँले बढेर आयो डिजेलको मूल्य,पेट्रोलको कति ?


    मंगलबार, कार्तिक १५ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको छ । यस नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको नेपाल आयल निगमले जनाएको छ। 

    यस्तै आईओसीले निगमलाई कच्चा तेलको मूल्य र आफ्नो लागत खर्चलाई समेत समायोजन गर्दै १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार (१ बजे) डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ डलर, ब्रेन्टको ९४ डलर हाराहारीमा कारोबार भइरहेको छ । तेल उत्पादक तथा वितरकहरुको संगठन ‘ओपेक प्लस’ले नोभेम्बर महिनादेखि उत्पादन कटौती गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही बढ्न सक्ने प्रक्षेपण गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार