Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा ४ दिन डडेल्धुराका चुनावी कार्यक्रममा सहभागी हुने


    मंगलबार, कार्तिक १५ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गुहजिल्ला डडेल्धुरामा ४ दिनसम्म चुनावी सभालाई सम्बोधन भएका छन्। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ बिहीबारदेखि २० गते आइतबारसम्म जिल्लाका सात पालिकामा हुने चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्। 

    नेपाली कांग्रेस डडेल्धुराका  सभापति भीमबहादुर साउदले देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौं फर्किने बताए । उनका अनुसार देउवाले कात्तिक १७ गते डडेल्धुराको सदरमुकामस्थित अमरगढी बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्नेछन्।

    sher_7dOhoKjoJz.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार