Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगको निर्णयविरुद्धका दुई रिटमा आज सुनुवाइ हुँदै


    मंगलबार, कार्तिक १५ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । 

    ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध  परेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ हुन लागेको हो

    ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता भएको थियो । 
    राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेजीको निर्णयविरुद्ध सोमबार नै दायर गरेकी थिइन् । 

    मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले कार्कीको उमेदवारी खारेज गरेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार