Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छठको मेलामा साथीको छुरा प्रहारबाट युवकको मृत्यु


    सोमबार, कार्तिक १४ २०७९
    525
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मोरङ र झापाको सिमानामा पर्ने मावा खोलामा छठ हेर्न गएका झापा दमक नगरपालिका १० का डियुज श्रेष्ठलाई आफ्नै साथीले भीडभाडमाको मौका परेर छुरा प्रहार गरी हत्या गरेका छन्।

    आइतबार राति मृतक डियुज श्रेष्ठलाई मावा खोलामा छठको रमाइलो हेर्ने क्रममा उनकै साथीले छुरा प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ ।

    आफ्नै साथीसँग खोलाको घाटमा छठको रमाइलो हर्ने क्रममा श्रेष्ठलाई भिडभाडमा राती साढे १० बजे छुरा प्रहार भएको र उनकै साथीले उर्लावारीको गोदावरी हस्पिटलमा उपचारका लागि ल्याएको र त्यहाँ उपचार हुन नसकेर बिर्तामोडको बीएन्डसी अस्पताल पुर्‍याएपछि उपचारका क्रममा उनको मृत्यु भएको पाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बताए ।

    मृतककै केही साथीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । डीएसपी श्रेष्ठका अनुसार साथीहरूले नै भीडभाडमा छुरा प्रहार गरेको प्रारम्भीक अनुसन्धान छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार