Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इराकको राजधानीमा पेट्रोल ट्यांकर विस्फोट हुँदा ९ जनाको मृत्यु


    आइतबार, कार्तिक १३ २०७९
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। इराकको राजधानी बग्दादमा पेट्रोल बोकेको ट्यांकर विस्फोट हुँदा ९ जनाले ज्यान गुमाएका छन्। 

    उक्त घटना एउटा फूटबल मैदान नजिक भएको हो जसमा अन्य १३ जना घाइते भएका छन् । ट्यांकरका टुक्राहरूले भुइँ तथा आवासीय भवनलाई छियाछिया पारेको थियो । 

    प्राविधिक गडबडीका कारण विस्फोट भएको हो कि यो लक्षित आक्रमण हो भनी स्पष्ट नरहेको र यस बारे अनुसन्धान भइरहेको इराकी प्रहरीको भनाई छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार