काठमाडौँ । बाँकेको कोहलपुर–१३ मा एक दम्पति जोडी (पतिपत्नि) एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय, कोहलपुरले दिएको जानकारीअनुसार आइतबार दिउँसो कोहलपुर नगरपालिका १३ का ६० वर्षीय डम्बर बोहरा र ५७ वर्षीया पत्नी पावर्ती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था फेला परेका हुन् ।
उनीहरुले आत्महत्या गरेका हुन् वा कसैले हत्या गरेर झुन्ड्याएको हो सो बारेमा अनुसन्धान भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले ती पति पत्नी केही दिन अघिदेखि नै घरबाट बेपत्ता रहेको कुरा सुनिएको बताए।
घटना भएको स्थान पिकनिकस्थल रहेकाले पिकनिक गर्न पुगेकाहरुले झुन्डिएको अवस्थामा फेलापारेपछि प्रहरीलाई जानकारी दिएको बताइएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।