काठमाडौं । तिहारलक्षित गर्दै रोकिएको अभियान काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि पुनः अवैध संरचना हटाउने अभियान सुरु गर्ने भएको छ ।
महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आज छठ पर्व व्यवस्थापनका लागि ठाउँ–ठाउँमा नगर प्रहरी खटाइएको र भोलिदेखि पुनः योजना बनाएर अवैध संरचना हटाइने बताए ।
मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा करिब दुई महिनाअघिदेखि नगर प्रहरीले अवैध संरचनामा डोजर चलाउँदै आएको छ । अन्डरग्राउन्ड पार्किङ खाली गर्ने र अवैध संरचना हटाउने, होर्डिङ तथा डिजिटल बोर्ड हटाउनेजस्ता कामलाई निरन्तरता दिइने एसपी पाण्डेले बताए ।