Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीद्वारा नवलपरासीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त 


    आइतबार, कार्तिक १३ २०७९
    530
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको ना ६ ख ७५ ८० नम्बरको बस आज विहान नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  उक्त  दुर्घटनामा पाँच जनाको ज्यान गएको छ र ३० जना घाइते भएका थिए । 

    ‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

    घाईतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत उनले जनाएका छन् । 

    यस्तै मृतकको सनाखत हुन भने बाँकी रहेको छ । 

    आज बिहान ४ बजे उक्त बस अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार