Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुवनमाथि सुस्मिताको गुनासो : खुसीपूर्वक अलग भएका थियौं, ‘म अहिले पनि सिंगल छु र परिवारसँग बसिरहेकी छु


    आइतबार, कार्तिक १३ २०७९
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अत्यन्त सफल मानिने चर्चित कलाकार भुवन केसी फेरि अर्को विवाहको तयारीमा रहेसंगै भुवन प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । 

    त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता दिँदै भुवनले आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला दुई श्रीमतीसँगको सम्बन्ध असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए । भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ । लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका यी जोडी अब भने चाडै विवाह गर्ने तयारीमा रहेका भुवनले नै खुलाइसकेका छन् ।

    उक्त कुराकानीमा भुवनले छोरा (नायक ) अनमोलको आम अर्थात् पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेखि सुस्मिताले पुनः विवाह गरेको कुरा खुलाएका थिए । 

    तर भुवनको त्यस अन्तर्वार्तामा आफूलाई समेत जोडेपछि सुस्मिताले समाजका अगाडि आफ्नो चरित्रलाई बदनाम गराउँदै भुवन हिंडेको प्रतिक्रिया दिएकी छन्  ‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेकी छु । म विरुद्धका आरोपहरु पूर्णतः आधारहीन छन् । हामीले सन् २००२ मा खुसीपूर्वक सम्बन्धविच्छेद गरेका थियौं । अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहनुभएको छ ?’

    भुवनले अब चाँडै नै जिया केसीसँग विवाह गर्ने र दर्शकलाई गुड न्युज दिने बताइएका छन्। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार