Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ग्वार्कोमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु


    आइतबार, कार्तिक १३ २०७९
    475
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरको ग्वार्कोमा हिजो बेलुकी नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

    उक्त स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो । 

    उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ । 

    मृतकको सनाखत हुन भने बाँकी नै रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार