Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चलचित्र ‘महापुरुष’ को आइतबार बिहानी शो पनि हाउसफुल


    आइतबार, कार्तिक १३ २०७९
    1.5K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली चलचित्र ‘महापुरुष’ को आइतबार बिहानी शो पनि हाउसफुल भएको छ। दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको यस फिल्मले दुई दिनमै साढे २ करोड ग्रस कलेक्शन गरेको छ ।  

    प्रदीप भट्टराइको निर्देशनमा तयार भएको यस फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । 

    यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्मले शुक्रबार देशभर एक करोडको ग्रस कलेक्सन गरेको थियो । शनिबार फिल्मको व्यापार साढे एक करोड रहेको निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए । 

    आइतबार पनि सार्वजनिक बिदा परेको कारण आज आइतबारको बिहानी शो उच्च अकुपेन्सी रहेको र दिउँसोको शो हाउसफुल रहेको निर्देशक भट्टराईले जानकारी दिए । टिकट बिक्रीका आधारमा आइतबार ‘महापुरुष’ ले एक करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने देखिएको छ । 

    एकल बाबुको कथा, बुढ्यौली प्रेम तथा पारिवारिक घटनालाई फिल्ममा राम्रोसँग प्रस्तुत गरिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतको मुख्य भूमिका रहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार