Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामै १ हजार रुपैयाँले घट्यो सुनको मूल्य


    आइतबार, कार्तिक १३ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको घटेर कारोबार भइरहेको छ। गत साता तिहारले गर्दा तोलामा १५ सय रुपैयाँले बढेको सुनको मूल्य यस साताको पहिलो कारोबार दिन आइतबार भने तोलामै १  हजार रुपैयाँले घटेको छ । 

    छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । यससँगै, चाँदी आज तोलाको १२ सय रुपैयाँमा काराेबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार