काठमाडौं । कोरोना भाइरसको उत्पत्ति भएको चीनमा फेरी लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भेटिएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ ।
कोरोना उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर निस्किन निषेध गरिएको छ।
त्यहाँ पछिल्लो हप्तामा दैनिक २०–२५ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।