काठमाडौँ। रसुवाबाट काठमाडौंका लागि छुटेको बा. ३ख ६०३५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त बस कालिकास्थानमा दुर्घटना भएको हो ।
३५ जना यात्रु सवार रहेको बस दुर्घटना हुँदा दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन् । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।
ब्रेक फेल भएर उक्त बस दुर्घटना भएको अनुमान गरिएको छ । घाइतेहरूलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पठाएका छन् ।