काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार बिहान न्यूरोड क्षेत्रमा रहेको तिहारका लागि सजाइएको बाटो नै ढाक्नेगरी राखिएको माला र गेट हटाएको छ । महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो ।
महानगर प्रहरीले पाण्डेले फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो हुने गरी निर्माण गरिएका संरचना हटाएको बताए ।
‘न्यूरोडका सुन व्यवसायीले बाहिर फलामका डण्डीको पुत्लासहित बनाएर, गेटले पनि हिंड्ने मान्छेलाई असहज हुनेगरी राखेपछि हामीले हटाएका छौं,’ महानगर प्रहरी पाण्डेले भने, ‘चाडपर्वको बेला भीडभाड धेरै हुन्छ, यस्तै बेला अनि पसलेहरुले पसलभन्दा बाहिर संरचना बनाएपछि अरुलाई असर पर्ने भएकोले हटाएको हो ।’