काठमाडौं। स्पेशल प्रि ओपन सेसनमा साताको पहिलो करोबारको दिन आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा कारोबार सुरु भएको हो ।
नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो । सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो ।
कम्पनीको १० लाख ३१ हजार कित्ता आइपिओ बिहीबार सूचीकृत भएको हो।
यस्तै, कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता सेयर सूचीकृत गराएको हो।