काठमाडौँ । तनहुँका विभिन्न स्थानमा यतिबेला कृषक भाइटिकामा प्रयोग हुने फूल टिप्न र माला बनाउन अस्तव्यस्त छन्। नेपालीहरुको पर्व तिहार नजिकिएकोले पोखरामा लगेर बिक्री गर्नको लागि भाइटिकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफू व्यस्त बनेको शुक्लागण्डकी नगरपालिका–८ डहरेकी मञ्जु श्रेष्ठले जानकारी दिईन।
वार्षिक रूपमा फूल बिक्री गरेर करिब १ लाख रुपियाँ आम्दानी गर्ने गरेको श्रेष्ठले बताईंन । तीन महिनामै फूल फुल्ने हुँदा थोरै लगानी, दुःख पनि कम हुने र मौरी पालनबाट समेत राम्रो आम्दानी हुने भएकाले फूल खेतीमा आफू सन्तुष्ट रहेको श्रेष्ठले बताईंन ।
सरकारले भारतबाट सयपत्री फूल आयातमा प्रतिबन्ध लगाएकोले यस पटक आफ्नो उत्पादनको बिक्री हुने अपेक्षा कृषकले गरेका छन्।
तिहारपछि फूलेको फूल मङ्सिर ४ गते हुने सङ्घ निर्वाचन हुने कार्यक्रममा बिक्री हुने अपेक्षा कृषकले लिएका छन् ।
तिहारमा व्यक्तिगत प्रयोजनका लागि मात्र लगाइने फूल खेतीले तनहुँमा एक दशक यता व्यावसायिक रूप लिएको छ।