Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीमा सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ


    बिहिबार, कार्तिक ३ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्लाहीमा बुधबार बिहान ११ः१५ बजे सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरी स्रोतले जनाएको छ ।

    उक्त लुटेराहरुको समूहले हिजो बुधबार सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि लुटपाटको प्रयास गर्दै गोली प्रहार गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार