Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुद: प्रतियोगिता आज सकिँदै


    बिहिबार, कार्तिक ३ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद(२०७९) प्रतियोगिता आज बिहीबार सकिँदैछ । दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिने कार्यक्रम रहेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

    समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतका विशिष्ट व्यक्ति सहभागी हुनेछन् । 

    गत असोज २८ गते नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्य लगायतका कार्यक्रम गरिने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार