Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा प्रदर्शन 


    बुधबार, कार्तिक २ २०७९
    2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । चिकित्सकको लापरबाहीले नै बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्त काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालविरुद्ध प्रदर्शनमा  उत्रिएका छन् ।

    आज बिहान मृतकका आफन्तहरु अस्पतालविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले अस्पतालले लाइसेन्स लिएर मान्छे मारेको र अब लाइसेन्स लिएर मान्छे मर्न पाइदैन भन्दै आक्रोशित भएका छन् । उनीहरुले सरकारसँग न्याय माग गरेका छन् । एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका –९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरलाई आइतबार साँझ मृत घोषणा गरिएको थियो ।

    चिकित्सकले ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बुबाको मृत्यु भएको छोरा प्रगेशले बताए । उनका अनुसार बेहोस भएपछि शैलेन्द्रलाई असोज २३ गते साँझ अस्पताल भर्ना गरिएको थियो । इमर्जेन्सीमा राखिएका बिरामीलाई दुई घण्टापछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्दै  आसीयुमा सारेका थियो ।

    अवस्था गम्भीर भएपछि अप्रेसन तुरुन्त गर्नुपर्ने भनिएको थियो तर अप्रेशन गर्दा ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेको कारण मृत्यु भएको परिवारले दावी गरे ।news1666159149.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार