काठमाडौं। सोल्टी होटलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ३१ असोज आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो ।
होटलले लाभांश प्रस्तावसहित २८ पुसमा ४८ औं वार्षिक साधारण सभा पनि डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारणसभा प्रयोजना लागि कम्पनीले ७ पुषमा सेयर दाखिला खारेज (बुक क्लोज) मिति तोकेको छ । यसर्थ, ६ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।