काठमाडौं। नेपाल पुलिस क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । प्रदेश एकलाई ३-० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो।
मंगलबार स्याङ्जाको वालिङमा भएको खेलको १३ औं मिनेटमा रेखाले गरेको गोलसँगै पुलिसले अग्रता लियो । १९औं मिनेटमा निर्मला बिकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पाइन् । ८०औं मिनेटमा निर्मला उपाध्ययाले तेस्रो गोल गर्दै सहज जित दिलाइन् ।
जितसँगै फाइनलमा पुगेको पुलिसले मंगलबार नै हुने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीचको सेमिफाइनलको विजेतासँग ३ कात्तिकमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।