Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  ज्वाइँले ससुरालीमा लगाइदिए आगो, पत्नीसहित ५ जनाको मृत्यु


    मंगलबार, कार्तिक १ २०७९
    500
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतमा आफ्नै ज्वाइँले ससुराली गई पेट्रोल छर्केर आगो लगाएका छन्। 

    भारतको पञ्जाबस्थित मेहतपुरमा ज्वाइँ कुलदीप सिंहले ससुरालीमा पेट्रोल छर्केर आगो लगाउँदा पत्नी, सासु, ससुरासहित ५ जनाले ज्यान गुमाएका छन्। 

    घटनामा कुलदीपकी पत्नी परमजीत कौर, छोरा गुरमोहल, छोरी अर्शदीप कौर, सासु जंगीद्रो बाई र ससुरा सुरजन सिंहको मृत्यु भएको छ । कुलदीपले घरभित्र ५ जनामाथि पेट्रोल छर्केर आगो लगाई बाहिरबाट ढोका बन्द गरेका थिए ।

    प्रहरीका एसपी सरबजीत सिंहले कुलदीपले साथीहरूसँग मिलेर हत्या गरेको बताएका छन् । कुलदीपसँग परमजीतको दोस्रो विवाह थियो र परमजीत उनीसँग बस्न इच्छुक थिइनन् तर कुलदीप पत्नीलाई घर लैजान चाहन्थे ।

    कुलदीपले रक्सी खाएर पत्नी परमजीतमाथि दैनिक कुटपिट गर्ने, छोराछोरीलर बाबुसंग बस्न नमान्ने भएपछि उनी माइतीघरमै बस्न थालिन् तर यस्तैमा रिसाएर कुलदीपले पेट्रोल छर्केर सबैको हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार