Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेटर सन्दीपलाई थप समय हिरासतमा राख्न अनुमति लिने प्रहरीको तयारी


    मंगलबार, कार्तिक १ २०७९
    455
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले एक नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने  तयारी गरेको छ ।

    लामिछानेलाई अनुसन्धानका लागि भन्दै सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।

    यस्तै, अहिले पनि अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो ।

    २० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा मात्र पहिलो पटक अदालत उपस्थित गराइएको थियो । 

    दोस्रो पटक थपिएको म्याद मंगलबार सकिँदैछ । ‘आज (मंगलबार) सरकारी विदा परेको छ, त्यसैले बुधबार अदालत हाजिर गराउँछौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले भने, ‘अनुसन्धान अझै बाँकी भएकाले फेरि म्याद थप गर्न समय माग्छौं ।’

    यस्तै, कानूनतः प्रहरीले २४ दिनसम्म लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले यो अवधिमा सरकारी वकिलको उपस्थितिमा लामिछानेको बयान लिएको छ । त्यसमा उनले जाहेरवालासँग घुम्न गएको र सँगै बसेको स्वीकारेका छन् । यद्यपि, जबरजस्ती करणीको अभियोग चाहिँ अस्वीकार गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार