Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  निर्वाचनका लागि छनोट म्यादी प्रहरीलाई तालिम दिन सुरु(फोटो फिचर)


    मंगलबार, कार्तिक १ २०७९
    1.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि केन्द्रीय सुरक्षा समितिले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएको थियो ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिन छनोट गरिएका म्यादी प्रहरीलाई नेपाल प्रहरीले तालिम दिन सुरु गरेको छ । असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गर्ने तयारी सुरक्षा समितिले गरेको जनाएको छ । आइतबारबाट छनोट भएका म्यादी प्रहरीलाई आधारभूत तालिम दिन थालिएको हो। अहिले दैनिक रूपमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइने गरेको छ।

     केन्द्रीय सुरक्षा समितिले एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएको थियो । जसमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएका थिए । यसमध्ये १ लाख ७१ हजार ७१८ जना पुरुष र  ६० हजार ३७० जना महिला रहेका थिए ।

    दरखास्त दिनेहरू मध्येबाट छनोट गरिएका एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने छ । जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ । खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् ।

    myadi_training_9_eaKrOf9ZVv.jpg
    undefined

     

    myadi_training_15_scWgid3IMS.jpg
    undefined
    myadi_training_12_bffg3XVfxY.jpg
    undefined
    myadi_training_17_F5nI9xQqIH.jpg
    undefined
    myadi_training_3_a5yFTvOfIG.jpg
    undefined
    myadi_training_2_jz3V7paLX7.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार