Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले लगायो प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध 


    आइतबार, असोज ३० २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा उक्त प्रतियोगितामा सहभागी एक सेनाका खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ। 

    नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान  अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। 

    ‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ,’  उनले भने, ‘अब हामी उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्दैछौं ।’

    आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदमा नेपाल आर्मीको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका पोखरा १० का २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार