Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा कटुवा पेस्तोलसहित एक पुरुष पक्राउ


    आइतबार, असोज ३० २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। धनुषामा कटुवा पेस्तोलसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुर छन् । जिल्लाको सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट ठाकुरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

    इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र.२–०१–००२ प.३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरको साथमा उक्त पेस्तोल भेटिएको थियो । 

    प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार