Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवौं राट्रिय खेलकुदः कराँते आजबाट कुस्मामा सुरु हुँदै


    शनिबार, असोज २९ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नवौं राट्रिय खेलकुद अन्तर्गत आजबाटबाट कराँते विभिन्न १९ वटा ‘इभेन्ट’  सुरु हुँदैछन् ।  पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ। शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ। काताको सेमिफाइनल र फाइनल खेल दिउसो दुई बजेपछि राखिएको छ।

    असोज ३० गते बिहान आठ बजेदेखि खेलहरू हुने छन्। जसमा महिला ५५ के।जी, पुरुष ७५ के।जी, महिला ६१ के।जी, र पुरुष ८४ के।जी भन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुने छन्। यी समूहको सेमिफाइनल र फाइनल खेल दिउसो एक बजेपछि सुरु हुने छन्। 

    असोज ३१ गते पुरुष ६० के।जी, महिला ६८ के।जी भन्दा माथि, पुरुष ६७ के।जी र महिला ६८ के।जी भन्दा तल र पुरुष ८४ के।जी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुने छन्। यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दिउसो एक बजेपछि खेलाउने तयारी छ। 

    कात्तिक एक गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० के।जी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुनेछन्। 

    यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउसो एक बजेपछि हुने छन्। कात्तिक दुई गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुने छन्।

     टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल सोही दिन दिउसो एक बजेबाट सुरु हुने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार