काठमाडौँ। स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम रहेका छन्। तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
अहिले उनलाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ ।