Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँकेमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते 


    बुधबार, असोज २६ २०७९
    495
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । 

    मृत्यु हुनेमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडा रहेका छन्। 

    काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च  ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए । 

    घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार