Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याग्दीमा हिउँले पुरिएर ४५ खच्चड मरे


    बुधबार, असोज २६ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। म्याग्दीस्थित विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौ जनाको उद्धार भएको छ ।

    थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७  र साङ्ग्रिला टे«किङ कम्पनीको सामान लिन गएका २८  खच्चड मरेका हुन् ।

    “असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ”, माइकल परियार भने, “हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।”  

    यस्तै ४ जना पर्यटक पथ प्रदर्शकलाई अल्टिच्युट एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको परियारले भने । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार