Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेट


    मंगलबार, असोज २५ २०७९
    625
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको छ। 

    आज मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । 

    सेनाका अनुसार पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फर्कनुअघि प्रधानसेनापतिसँग बिदाई भेट गरेका हुन् । 

    भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार