Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीपविरुद्ध बलात्कारको उजुरी दिने किशोरीको २ वटा जन्मदर्ता भएको दाबी


    सोमबार, असोज २४ २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरिएको छ ।

    क्रिकेटर सन्दीपका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई यस विषयमा प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् । 

    बयानका क्रममा सन्दीपले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको दाबी गरेका थिए । यस्तै वकिल सरोज घिमिरेले अध्ययन प्रयोजनका लागि किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरे । 

    म्याद थपअघि सन्दीपले आफू निर्दोष  रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए । आज लामिछानेलाई म्याद थपका लागि आज सोमबार जिल्ला अदालत काठमाण्डाैमा उपस्थित गराइएको हो। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार