Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साझा यातायातले थप ३७ विद्युतीय बस ल्याउँदै 


    शुक्रबार, असोज १४ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वसाधारणलाई सेवा पुर्याउने लक्ष्यले साझा यातायातले चीनबाट ३७ वटा विद्युतीय बस ल्याउने भएको छ।

    ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको साझाले भने तीनवटा विद्युतीय बस यसअघि नै काठमाडौं ल्याइसकेको छ। साझाले चीनबाट ल्याउन लागेका विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङबाट काठमाडौंका लागि छुटेका छन्।

    चीनबाट छुटेका बस केही दिनमै बाेर्डरमा आइपुग्ने भए पनि बिदाका कारण दसैँपछि मात्र भन्सार पास हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार